अब त आफन्तसँग हिँड्दा पनि ‘ब्याइफ्रेन्ड’ भन्दिन्छन् « Khabarhub

अब त आफन्तसँग हिँड्दा पनि ‘ब्याइफ्रेन्ड’ भन्दिन्छन्


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटी गसिपमा भन्दा बढी काममा रमाउन खोज्छिन् । पछिल्लो समय रिलिज भएको यी नायिकाको फिल्म ‘पुरानो बुलेट’ ले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । उनका हातमा फिल्मका अफर त आइरहेका छन् तर नयाँ फिल्म साइन गरेकी छैनिन् । उनी अभिनित फिल्म ‘वीर विक्रम २’ जेठबाट रिलिज हुँदैछ ।

यो फिल्मको एउटा गीत सार्वजनिक भइसकेको छ । र, उक्त गीतले दर्शकबाट माया पाएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत मिडियाप्रति गुनासो गरिरहने वर्षालाई यसै वरिपरि रहेर हामीले पाँच प्रश्न सोधेका छौँ:

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

अहिले त यही ‘वीर विक्रम २’ को प्रचारमै व्यस्त छु । प्रचारकै क्रममा छौँ । यही कामले व्यस्त बनाएको छ ।

‘वीर विक्रम २’ ले तपाईंलाई कत्तिको नोटिसेबल गराउला त दर्शकमाझ ?

त्यस्तो ठूलो अपेक्षा त छैन । तर राम्रो टिमसँग काम गर्दा व्यक्तिगत रुपमा फाइदा भइरहेको छ । केही दिनअघि मात्र हामीले फिल्म हे–यौँ । मेरो कामलाई सबै जनाले मन पराउनुभएको छ । आशावादी चाहिँ छु ।

सामाजिक सञ्जालमा गुनासो पोख्नुभएझैँ देखिन्छ नि ! किन होला त्यस्तो ?

पछिल्लो समयमा कलाकारहरुलाई समानता नदिएको हो झैँ लाग्छ । अहिलेको समयमा कुनै फिल्म पनि दर्शकले हेरेको अवस्था छैन । कलाकारको क्रेज हलसम्म देखिएको छैन । सानो कलाकारको स–सानो कुरालाई लिएर घाटा भएको छ भन्ने पनि लाग्छ । कति कलाकारले त टिकटक चलाउनुहुन्छ र आफ्नो प्रस्तुति सबै त्यहीँ दिनुहुन्छ । यसरी हेर्दा हामी कलाकार नै सस्तो भइरहेका छौँ कि भन्ने लाग्छ । मेरो त टिकटक एप पनि छैन ।

वर्षा शिवाकोटीको फेसबूकबाट

हामी फिल्मलाई दोष दिनुभन्दा पहिले कलाकारले भ्यालु घटाएका हौँ कि भन्ने पनि हो । अर्को कुरा मिडियाले पनि चलेकोलाई उचाल्ने र नचलेका कलाकारलाई त्यहीँ छोडिदिने गरेझैँ लाग्छ । नम्बर वान कलाकारलाई दिएको प्राथमिकता अरु कलाकारलाई मिडियाले स्पेस दिएको छैन । कलाकारले पनि युट्युबमा फिल्मको भन्दा व्यक्तिगत कुरा गर्नुभन्दा फिल्मकै कुरा गरे हुन्थ्यो भन्ने लाग्छ ।

निर्देशक मिलन चाम्ससँग किन नाम जोडिएको होला ?

त्यो चाहिँ अब कस्तो भयो भने ‘वीर विक्रम २’को लागि भनेर एक वर्षदेखि काम गरिरहेको छैन । पहिले स–साना भूमिकामा काम गरेँ । अहिले मैले ठूलो ब्यानरमा काम गरेँ । हुन त म अलि रिजर्भ नै छु । एकैपटक ठूलो ब्यानरमा काम गर्दा समय दिनुपरेको छ । त्यही भएर पनि कुरा जोडिएको होला ।

अर्को कुरा त मलाई ब्याइफ्रेन्ड या अन्य कुराले हिट हुन मन लागेको पनि छैन । म यस्ता कुरा भन्दा पनि फिल्मकै कुरा बढी होस् भन्ने चाहन्छु । अलि रिजर्भ नै भएको र यसबारेमा कुरा नगर्ने भएकाले होला दुई दिन आफन्तसँग हिँड्दा पनि ब्राइफ्रेन्ड रैछ भन्ने सोच्छन् ।

फिल्ममा अफर आइरहेका छन् कि ? के को तयारीमा हुनुहुन्छ ?

फिल्मका अफर आइरहेको छु । आज पनि एउटा फिल्मको स्किृप्टकै काममा थिएँ । तर स्किृप्टले खासै चित्त बुझाएको छैन । मलाई अहिले करिअरलाई फाइदा हुने हिसाबले पनि काम गर्न मन छ । जेठसम्म त ‘वीर विक्रम २’ कै कामले व्यस्त छु । त्यसपछि कुन फिल्म खेल्ने भन्ने विचार गर्नुपर्ला ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ४७ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल