भारतमा लकडाउन थप एक महिना बढाइयो, संक्रमण नदेखिएका ठाउँमा खुकुलो « Khabarhub

भारतमा लकडाउन थप एक महिना बढाइयो, संक्रमण नदेखिएका ठाउँमा खुकुलो


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ ।

भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको छ । भारतमा चौथो चरणको लकडाउन मे ३१ (आइतबार) समाप्त हुँदैछ ।

लकडाउनको अवधि लम्ब्याइए पनि संक्रमणको अवस्था हेरेर छुट दिइएको छ । संक्रमण भेटिएको क्षेत्र (कन्टेन्मेन्ट जोन) बाहिरका क्षेत्रमा चरणबद्ध रुपमा सबै चिज सुचारु गरिने बताइएको छ ।

पहिलो चरणमा जुन ८ देखि सबै धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन र सपिङ सेन्टर तथा मलहरु खोलिने छ । यो चरणलाई ‘अनलक–१’भनिएको छ ।

त्यस्तै दोस्रो चरणमा विद्यालय, कलेजलगायतका शिक्षण संस्थाहरु राज्य सरकारहरुसँगको परामर्शमा खोलिने बताइएको छ । त्यस्तै एउटा राज्यबाट अर्को राज्यको यात्रामा लागेको प्रतिबन्ध पनि हटाइएको छ । अन्तर्राष्ट्रिय हवाई उडान, मेट्रो रेल सञ्चालन, सिनेमा घर, जिम, स्विमिङ पुल, थियटरलगायतका क्षेत्र सुचारु गर्ने बारेमा भने तेस्रो चरणमा निर्णय हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ८ : २४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज