ब्राजिलका राष्ट्रपति बोलसोनारो इजरायल भ्रमणमा « Khabarhub

ब्राजिलका राष्ट्रपति बोलसोनारो इजरायल भ्रमणमा


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल–ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जइर बोलसोनारोले इजरायलको भ्रमण शुरु गरेका छन् ।

चार दिने इजरायल भ्रमणमा इजरायल पुगेका राष्ट्रपति बोलसोनारोलाई स्वागत गर्न तल अभिभ शहरको बेन गुरियोन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पुगेका थिए ।

विमानस्थलमा आयोजना गरिएको स्वागत कार्यक्रममा नेतान्याहूले भ्रमणका क्रममा बोलसोनारोले इजरायलसँग सुरक्षा तथा अन्य क्षेत्रमा ‘धेरै सम्झौता’ गर्ने र उनले प्राचिन शहर जेरुसलेममा रहेको यहुदी धर्मको पवित्र स्थल पश्चिमी पर्खालको पनि भ्रमण गरी प्रार्थाना गर्ने जनाएका छन् ।

यसअघि बोलसोनारोले जेरुसलेम शहरलाई इजरायलको राजधानीको मान्यता दिनसक्ने घोषणा गरेका थिए । यद्यपि यस भ्रमणका क्रममा उनले राजधानीबारे औपचारिक घोषणा गर्ने सम्भावना भने नरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : ०२ बजे

घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व

काठमाडौँ– घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै ११ अर्ब ९४

झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता

झापा– डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि

विश्वकप लिग-२: नेदरल्यान्ड्स शृङ्खला भोलिदेखि, पहिलो खेलमा नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

रौतहट प्रहरीबाट एक वर्षमा ४४८ फरार प्रतिवादी पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२–८३ मा विभिन्न

च्याउ टिप्न निकुञ्ज छिरेका कञ्चनपुरका १४ जना महिला सम्पर्कविहीन, खोजी कार्य जारी

काठमाडौँ – कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला