पाइलटलाई कोरोना संक्रमण भएपछि मस्कोका लागि उडेको विमान बिचबाटै फर्काइयो « Khabarhub

पाइलटलाई कोरोना संक्रमण भएपछि मस्कोका लागि उडेको विमान बिचबाटै फर्काइयो


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- मस्कोमा रहेका भारतीय नागरिक लिन गएको विमान बिचबाटै फर्काइएको छ ।

एयर इण्डियाका एक जना पाइलटमा कोरोना भाइरसको संक्रमण भएको थाहा भएसँगै मस्कोका लागि उडेको विमान फिर्ता बोलाइएको हो।

शनिबार दिल्लीदेखि मस्को उडेको एयरबस ए-३२० नियो(भिटी-इएक्सआर)का पाइलटमा संक्रमण रहेको थाहा पाएपछि फिर्ता बोलाइएको हो।

उडान अघि स्वास्थ्य जाँच गर्ने टोलीले पाइलटको रिपोर्ट गल्तीले नेगेटिभ पढेपछि उक्त विमानलाई उडान अनुमति दिइएको थियो ।

तर, पछि अर्का व्यक्तिले पुन: चेक गर्दा गल्ती भएको थाहा भएपछि विमान फिर्ता बोलाइएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाइलटलाई कोरोना भएको जानकारी भएसँगै उज्बेकिस्तान पुगिसकेको विमान त्यहीबाट फिर्ता बोलाइएको हो।

भारतीय नागरिकलाई लिन उक्त विमान मस्को उडेको थियो।

उक्त विमान साढे १२ बजे दिल्ली पुगेको थियो। त्यसको साटो शनिबार नै अर्को विमान पठाइएको टाइम्स अफ इण्डियाले जनाएको छ।

चालकदल फर्किएलगत्तै क्वारेन्टिनमा पठाइएको छ। हरेक विमान उड्नुअघि चालकदलको कोरोना परीक्षण हुने गरेको छ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना