भारतबाट आएका २ वर्षे बालिका र ६ वर्षे बालकको मृत्यु | Khabarhub Khabarhub

भारतबाट आएका २ वर्षे बालिका र ६ वर्षे बालकको मृत्यु


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतबाट आएका २ बालबालिकाको मृत्यु भएको छ । बाजुरामा २ वर्षे बालिकाले ज्यान गुमाएकी छन् भने डडेल्धुरामा ६ वर्षे बालकको मृत्यु भएको छ । दुवैमा कोरोना भाइरस संक्रमणको आशंका गरिएपनि स्वाव परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

भारतबाट आएका डडेल्धुराका एक बालकको मृत्यु भएको छ । ६ वर्षे बालकको आइतबार बिहान मृत्यु भएको हो ।

डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेश दत्त ओझाका अनुसार डडेल्धराको नवदुर्गा गाउँपाकिलाका ६ वर्षीय बालकको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ती बालक आफन्तसँगै भारतबाट हिजो डडेल्धुरा आइपुगेका थिए । भारतबाट आउँदा नै बिरामी रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहान ३ बजे डडेल्धुरा अस्पताल लगिएको थियो ।

ती बालकको बिहान ४ बजे नै मृत्युभएको सहायक प्रजिअ ओझाले बताए ।

बालकमा कोरोना संक्रमण हुनसक्ने भन्दै डडेल्धुरा अस्पतालले बालकको स्वाब संकलन गरी धनगढीको प्रयोगशालामा पठाएको छ ।

‘बालक हिजो भारतबाट आएको हो । भारतमा पनि अस्पताल मै रहेको र बिरामी अवस्थामै नेपाल आएको भन्ने जानकारी पाएको छु,’ सहायक प्रमुख जिल्ला अधिकारी ओझाले भने ‘हिजो राति ३ बजे उनलाई डडेल्धुरा अस्पताल लगिएको थियो । अस्पतालमा लगेको एक घण्टामै बिते । उनको कोभिड १९ को समस्या हो कि भनेर स्वाब संकलन गरेर धनगढी पठाइएको छ ।’

२ वर्षे बालिकाको मृत्यु

यस्तै बाजुरामा पनि २ वर्षकी बालिकाको आइसोलेसनमा मृत्युभएको छ ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीका अनुसार केही समय अघि बाबुआमाको साथमा भारतबाट आएकी ती बालिका बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

उनको स्वास्थ्यमा समस्या भएपछि उनलाई ४ दिन अघि जिल्ला सदरमुकाम मार्तडीको जिल्ला अस्पतालले व्यवस्थापन गरेको आइसोलेसनमा राखिएको थियो ।
उनको तीनदिन अघि स्वाब संकलन गरी तीनदिन अघि प्रयोगशालामा पठाइएपछि त्यसको नजिता भने आइसकेको छैन ।

ती बालिकाको आज बिहान २ बजे ३० मिटेनमा मृत्युभएको सहायक प्रजिअ भण्डारीले खबरहबलाई बताए ।

उनले भने, ‘ती बालिका आमाबुबासँग भारतबाट आएकी हुन् । उनलाई ४ दिनअघि आइसोलेनमा राखिएको थियो । तीन दिनअघि स्वाब संकलन गरी नमूना प्रयोगशालामा पठाइएको थियो । नजिता आइसकेको छैन । उनको आज विहान २ बजेर ३० मिनेटमा मृत्युभएको हो ।’

सहायक प्रजिअ भण्डारीका अनुसार ती बालिकाको कोरोना परीक्षणको रिपोर्ट भने आज आउने छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १२ : ४२ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का