भारतबाट आएका २ वर्षे बालिका र ६ वर्षे बालकको मृत्यु « Khabarhub

भारतबाट आएका २ वर्षे बालिका र ६ वर्षे बालकको मृत्यु


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतबाट आएका २ बालबालिकाको मृत्यु भएको छ । बाजुरामा २ वर्षे बालिकाले ज्यान गुमाएकी छन् भने डडेल्धुरामा ६ वर्षे बालकको मृत्यु भएको छ । दुवैमा कोरोना भाइरस संक्रमणको आशंका गरिएपनि स्वाव परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

भारतबाट आएका डडेल्धुराका एक बालकको मृत्यु भएको छ । ६ वर्षे बालकको आइतबार बिहान मृत्यु भएको हो ।

डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेश दत्त ओझाका अनुसार डडेल्धराको नवदुर्गा गाउँपाकिलाका ६ वर्षीय बालकको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ती बालक आफन्तसँगै भारतबाट हिजो डडेल्धुरा आइपुगेका थिए । भारतबाट आउँदा नै बिरामी रहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार बिहान ३ बजे डडेल्धुरा अस्पताल लगिएको थियो ।

ती बालकको बिहान ४ बजे नै मृत्युभएको सहायक प्रजिअ ओझाले बताए ।

बालकमा कोरोना संक्रमण हुनसक्ने भन्दै डडेल्धुरा अस्पतालले बालकको स्वाब संकलन गरी धनगढीको प्रयोगशालामा पठाएको छ ।

‘बालक हिजो भारतबाट आएको हो । भारतमा पनि अस्पताल मै रहेको र बिरामी अवस्थामै नेपाल आएको भन्ने जानकारी पाएको छु,’ सहायक प्रमुख जिल्ला अधिकारी ओझाले भने ‘हिजो राति ३ बजे उनलाई डडेल्धुरा अस्पताल लगिएको थियो । अस्पतालमा लगेको एक घण्टामै बिते । उनको कोभिड १९ को समस्या हो कि भनेर स्वाब संकलन गरेर धनगढी पठाइएको छ ।’

२ वर्षे बालिकाको मृत्यु

यस्तै बाजुरामा पनि २ वर्षकी बालिकाको आइसोलेसनमा मृत्युभएको छ ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीका अनुसार केही समय अघि बाबुआमाको साथमा भारतबाट आएकी ती बालिका बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

उनको स्वास्थ्यमा समस्या भएपछि उनलाई ४ दिन अघि जिल्ला सदरमुकाम मार्तडीको जिल्ला अस्पतालले व्यवस्थापन गरेको आइसोलेसनमा राखिएको थियो ।
उनको तीनदिन अघि स्वाब संकलन गरी तीनदिन अघि प्रयोगशालामा पठाइएपछि त्यसको नजिता भने आइसकेको छैन ।

ती बालिकाको आज बिहान २ बजे ३० मिटेनमा मृत्युभएको सहायक प्रजिअ भण्डारीले खबरहबलाई बताए ।

उनले भने, ‘ती बालिका आमाबुबासँग भारतबाट आएकी हुन् । उनलाई ४ दिनअघि आइसोलेनमा राखिएको थियो । तीन दिनअघि स्वाब संकलन गरी नमूना प्रयोगशालामा पठाइएको थियो । नजिता आइसकेको छैन । उनको आज विहान २ बजेर ३० मिनेटमा मृत्युभएको हो ।’

सहायक प्रजिअ भण्डारीका अनुसार ती बालिकाको कोरोना परीक्षणको रिपोर्ट भने आज आउने छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १२ : ४२ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत