सीमा सुरक्षार्थ सशस्त्रले खेलाडीसहित २ सय जनाको टोली प्रदेश २ पठाउँदै « Khabarhub

सीमा सुरक्षार्थ सशस्त्रले खेलाडीसहित २ सय जनाको टोली प्रदेश २ पठाउँदै


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा खेलाडी समेत परिचालन गर्ने भएको छ ।

सशस्त्र प्रहरीले एपीएफमा आवद्ध खेलाडीहरुलाई सीमा सुरक्षार्थ खटाउने निर्णय गरेको हो ।

भारतसँगको सिमा नाकाको कडाइका लागि सशस्त्र प्रहरी बल (एपीएफ) ले १ सय जना खेलाडीसहित २ सय जनालाई प्रदेश नम्बर २ मा पठाउने जनाएको हो ।

आइतबार सशस्त्रले आन्तरिक निर्णय गर्दै लकडाउनमा सीमा नाका कडाइका लागि खेलाडीसहित २ सय जनाको टोली प्रदेश २ मा परिचालन गर्ने निर्णय गरेको हो ।

सशस्त्रले यसअघि पनि खेलाडीलाई तयारी अवस्थाा रहन निर्देशन दिएको थियो । तर आइतबार मात्रै उनीहरुलाई सीमा क्षेत्रमा पठाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण, रजत र कास्य पदक विजेता बाहेक अन्य खेलाडीलाई सीमा नाकाको सुरक्षार्थ पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ५ : ३३ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ