प्रहरी कार्यालयमा घुस दिन खोज्दा… « Khabarhub

प्रहरी कार्यालयमा घुस दिन खोज्दा…


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– थुनामा रहेका आफन्तलाई रिहा गरिदिनका लागि भनेर घुस रकम दिने एकजना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका अख्तर मियाँ मंसुरीलाई रिहा गरिदिनका लागि भनेर घुस दिन खोज्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–२ का २३ वर्षीय जफिर आलम छन् ।

सार्वजनिक शान्ति विरुद्धको कसुरअन्तर्गत थुनामा रहेका अख्तर मियाँ मन्सुरीलाई अहिले नै छाडिदिन भन्दै जफिरले प्रहरी कर्मचारीलाई १४ हजार ५ सय रुपैयाँ घुस दिन खोजेका थिए ।

प्रहरी कर्मचारीले घुस लिन नमानेपछि उनले ‘तिमिहरुको जागिर खाइदिन्छु’ भन्दै अपशब्द प्रयोग गरेको प्रहरीको भनाइ छ ।

प्रहरीलाई कार्यालयमै आएर घुस दिन खोजेको र प्रहरीमाथि अपशब्द प्रयोग गरेको कसूरमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले जफिरको साथबाट १४ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १२ : ५४ बजे

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : पासाङ दावा शेर्पा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)