पशु पन्छीबाट कोरोनाको संक्रमण नफैलिएको चिनयाँ वैज्ञानिकको दाबी | Khabarhub Khabarhub

पशु पन्छीबाट कोरोनाको संक्रमण नफैलिएको चिनयाँ वैज्ञानिकको दाबी


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनका वैज्ञानिकहरुले वुहानस्थित पशुपन्छी बजारबाट कोरोना भाइरसको संक्रमण नफैलिएको दाबी गरेका छन् ।

कोरोनाभाइरसको महामारी सुरु भएको झण्डै ५ महिनापछि वैज्ञानिकहरुले चीनको वुहानस्थित पशुपन्छी बजारबाट कोरोनाभाइरस फैलिएको भन्ने यसअघिको रिपोर्टलाई खारेज गरेका हुन् ।

द सनको रिपोर्ट अनुसार  वैज्ञानिकहरुले वुहानको वेट मार्केटको भूमिका ‘स्रोत’को रुपमा नभइ ‘सुपर स्प्रेडर’को रुपमा भएको बताएका छन् । यद्यपि यस विषयमा विश्व स्वास्थ्य संगठनको कुनै टिप्पणी आएको छैन ।

वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका विशेषज्ञहरुले यसअघिको रिपोर्टको खण्डन गर्दै कोरोना संक्रमणको पहिलो केस वुहानको वेट मार्केटबाट नआएको बताएका छन् ।

महामारीको सुरुवातमा शोधकर्ताहरुले वुहानको हुनानस्थित वेट मार्केटबाट फैलिएको रिपोर्ट सार्वजनिक गरेका थिए । अहिले चीनका वैज्ञानिकहरुले यो रिपोर्ट गलत भएको बताएका छन् ।

वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टअनुसार चीनको सेन्टर्स फर डिजिज कन्टेल एण्ड प्रिभेन्सन (सीडीसी)का निर्देशक गाओ फूले वुहानको पशुपन्छी बजारबाट दोस्रो पटक नमूना लिएपछि रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

 

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : ५३ बजे

आँखा शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित

महोत्तरी – पछिल्ला पाँच/छ वर्षदेखि मोतीविन्दुले आँखा ढाकेपछि भङ्गाहा–७ मेघनाथ

ललितपुरमा मनाइयो इन्द्रजात्रा

ललितपुर – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना

भारतीय केराले नेपाली व्यवसायी मारमा परेपछि मुख्यमन्त्रीलाई ज्ञापनपत्र

कैलाली – भारतबाट आयात हुने केराका कारण नेपाली व्यवसायी मारमा

नेपाल र बङ्गलादेशबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौं – नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित