आर्थिक संकटमा उत्तर कोरिया « Khabarhub

आर्थिक संकटमा उत्तर कोरिया


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उत्तर कोरिया आर्थिक संकटमा फसेको छ ।

कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र नै अधोगतिमा गइरहेका बेला आर्थिक प्रतिबन्धको पनि सामना खेपिरहेको उत्तर कोरिया अझ बढी मारमा परेको हो ।

कोरोना भाइरसको समेत महामारी खेपिरहेको उत्तर कोरिया सन् १९९७ पछिकै सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिएको बेलायती पत्रिका फाइनान्सियल टाइम्सले जनाएको छ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गर्नुपरेपछि उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी मुद्रा हासिल गर्न धनी व्यक्तिहरुसँग पैसा मागिरहेको टाइम्सले दाबी गरेको छ ।

यसको लागि सरकारले रेयर बोन्ड पनि बिक्री गरिरहेको छ । रिपोर्टमा दावी गरिएअनुसार किमले रेयर बोन्ड स्किमको माध्यमले देशका धनी व्यक्तिहरुबाट कूल बजेटको ६० प्रतिशत रकम उठाउन चाहि रहेका छन् ।

चीनले अन्य देशहरुसँग अन्तर्राष्ट्रिय यात्रा बन्द गरेपछि उत्तर कोरियाको अर्थतन्त्रलाई ठूलो नोक्सानी पुगेको बताइन्छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  १० : ५४ बजे

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको

अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक

स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा

काठमाडौँ – विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग