आईपीएल क्रिकेट : पञ्जावविरुद्धको खेल सन्दीपले खेल्ने सम्भावना बलियो « Khabarhub

आईपीएल क्रिकेट : पञ्जावविरुद्धको खेल सन्दीपले खेल्ने सम्भावना बलियो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले आज (सोमबार) इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स ११ पञ्जावपसँग खेल्दैछ । पञ्जावको घरेलु मैदानमा हुने खेलमा दिल्ली र पञ्जाव आफ्नो तेस्रो जीतको खोजिमा हुनेछन् ।

यसअघि समान तीन खेल खेलेका दिल्ली र पञ्जावले समान २ खेलमा जित एक—एक खेलमा हार बेहोर्ेका छन् । अंक तालिकामा समान ४—४ अंक रहेका दिल्ली र पञ्जाव नेट रनरेटका आधारमा क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।

विष्फोटक ब्याट्सम्यान क्रिस गेल रहेको पञ्जावविरुद्ध दिल्लीका ब्याट्सम्यान पृथ्वी श्वा र रिसभ पन्तले कस्तो ब्याटिङ गलान् भन्ने जिज्ञासा यतिबेला उठिरहेको छ ।

त्यस्तै, यसअघि कलकत्ता नाइट राइडर्सविरुद्ध दिल्लीको प्लेइङ ११ मा अटाएका नेपाली स्पिनर सन्दीप लामिकछाने पञ्जावविरुद्धको खेलमा मैदान उत्रिने सम्भावना पनि बलियो छ ।

उनले पहिलो खेलमा एक विकेट लिएर दिल्लीका अन्य बलरको भन्दा कसिलो बलिङ गरेका थिए । जसमा उनले खेलको तेस्रो ओभर बलिङ गरेर मात्रै एक रन खर्चेका थिए भने समग्रमा ४ आभेर बलिङ गरेका सन्दीपले १ विकेट लिएर २९ रन खर्चेका थिए ।

दिल्लीले पहिलो खेलमा जीत हात पारेपछि दोस्रो खेलमा अघिल्लै प्लेइङ सेटलाई निरन्तरता दिएको थियो । भने आजको खेलमा पनि कलकत्ताविरुद्धकै टिम मैदान उतारे सन्दीप टिममा पर्नेछन् ।

दिल्लीले आफ्नो तेस्रो खेलमा कलकत्तालाई सुपर ओभरमा पराजित गरहेको थियो ।

यस्तो छ सम्भावितत प्लेइङ ११

पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, अमित मिश्रा—अक्जर पटेल, सन्दीप लामिछाने, कागिसो रबाडा

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : ५४ बजे

बजेट प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न मुख्यमन्त्रीको आग्रह

काँक्रेविहार – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाका सदस्यहरूलाई आफ्नो–आफ्नो

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने

‘पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो’  

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा

निर्यात अनुदान रोकिएकोमा महासङ्घलले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं–  निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर