लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्दै « Khabarhub

लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्दै


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस(कोभिड १९) संक्रमण रोक्न सरकारले लगाएको लकडाउनको स्वरुप परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

छलफलका लागि प्रधानमन्त्रीले आज ४ बजेका लागि विज्ञहरुलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार विभिन्न क्षेत्रका २५ जनालाई परामर्शका लागि बालुवाटार बोलाइको छ । प्रधानमन्त्रीले विज्ञहरुसँग अहिलेसम्म लकडाउन गर्दाको समीक्षा र आगामी दिनमा अपनाउनुपर्ने मोडालिटीका बारेमा विश्लेषणसहित छलफल गर्ने र सोही अनुसार निर्णयमा पुग्ने तयारी गरेको बालुवाटर स्रोतले जनाएको छ श्र

चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको छ भने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्नेमा सरकारले सरोकारवालासँग परामर्श थालेको हो ।

यसअघि कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समितिले बिभिन्न व्यापारी व्यवसायीसँग मंगलबार छलफल गरेको थियो । छलफलमा सहभागी उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउनुपर्ने र उद्योग सञ्चालन गर्न दिनुपर्ने माग राखेका थिए ।

सरकारले ३२ जेठसम्म लकडाउन घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  २ : ५४ बजे

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास