धादिङको हिटी सिल गरियो « Khabarhub

धादिङको हिटी सिल गरियो


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको सिद्धलेक गाउँपालिको ५ हिटी गाउँ सिल गरिएको छ । स्थानीय एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँ सिल गरिएको हो ।

धादिङको सिद्धलेक गाउँपालिका-५ हिटीकी २३ वर्षीया गर्भवती महिलामा कोरोना भाइरस पोजेटिभ देखिएपछि जोखिम न्युनिकरण गर्न र थप फैलन नदिन गाउँ नै सिल गरिएको हो ।

सिल गरिएको क्षेत्रमा वडा नं.५ कुम्पुर हिटी गाउँको पूर्वमा गनगने चौतारा, पश्चिममा चिप्ले डाँडा, उत्तरमा सुकौरा खोला र दक्षिणमा आँख्ले चौतारो बीचको सीमाक्षेत्र रहेका छन् ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालसहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले गाउँमा स्थानीय प्रशासन ऐन अनुसार सिल गरी निषेधाज्ञा जारी गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी एंव जिल्ला सुरक्षा समितिका संयोजक आस्मान तामाङले जानकारी दिए ।

कोरोना संक्रमण देखिएकी महिला गत जेठ १४ गते जिल्ला अस्पताल धादिङबेसी आएकी थिइन् । उनलाई आफन्तले थप उपचारका लागि थापाथलीस्थित प्रसूतिगृह लगेका थिए । उपचारका क्रममा उनलाई त्यही संक्रमण देखिएको थियो ।

गाउँकी स्थानीय महिलालाई कोरोनाको संक्रमण देखिएपछि वडा अध्यक्ष दिलबहादुर घलेको संयोजकत्वमा संक्रमित महिलाको यात्रा विवरण र सम्पर्क रहेका व्यक्तिको खोजपहिचान कार्य सुरु गरिएको छ ।

सिल गरिएको गाउँमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । सिल गरिएको क्षेत्रमा जेठ २४ गते रातिसम्म कसैलाई हिँडडुल गर्न र उक्त क्षेत्रमा बाहिरबाट प्रवेश गर्न समेत रोक लगाइएको छ ।

संक्रमित महिलाको सम्पर्कमा आएका सबै व्यक्तिको पीसीआर परिक्षण गरिने अध्यक्ष सिलवाले जानकारी दिए ।

धादिङ जिल्लाका स्थानीयमा देखिएको यो चौथो संक्रमण हो । जिल्लाका १३ पालिकामध्ये नेत्रावती डबजोङ,गल्छी, थाँक्रे र सिद्धलेक गाउँपालिकामा संक्रमण देखिएपनि अन्य नौ पालिकामा कुनै संक्रमण देखिएको छैन ।

धादिङ जिल्लाका चारजनामा संक्रमण देखिएकामा तीन जना उपचारपछि घर फिर्ता भइसकेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ४ : ३२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु