विप्लव समूहको समाचार संकलन गर्दा पत्रकार पक्राउ « Khabarhub

विप्लव समूहको समाचार संकलन गर्दा पत्रकार पक्राउ


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

पत्रकार अधिकारीसँगै अन्य दुई विद्यार्थी पनि पक्राउ परेको बताइएको छ । महासङ्घका अध्यक्ष श्रेष्ठले गैरकानूनी पक्राउको विरोध गर्दै अधिकारीको तुरुन्त रिहाइको माग गरेका छन् ।

महासङ्घका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले समाचार सङ्कलन गर्न जाने पत्रकारलाई पक्राउ गर्ने गैरकानूनी कार्य बन्द गरी तुरुन्त रिहा गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १० : ०६ बजे

चिलिमेदेखि त्रिशूली-३ बीसम्म टनेलभित्र फसेकालाई खोजिँदै, सेनाद्वारा २३ जनाको हवाई उद्धार

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा

गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

पोखरा– गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश

विपद् प्रभावितका लागि उद्योगमन्त्री गौरी यादवलाई २० लाखको चेक हस्तान्तरण

काठमाडौं– विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट

खानेपानी संस्थान, धनगढीको बक्यौता दुई करोड ५१ लाख रुपैयाँ

धनगढी– नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२÷०८३ को

भोटेकोशी बाढी : रसुवामा ६६ वटा शव भेटियो

रसुवा– भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूको ६६ वटा शव जिल्लाका