बुटवलमा ३ जना कोरोना संक्रमित आइसीयुमा भर्ना « Khabarhub

बुटवलमा ३ जना कोरोना संक्रमित आइसीयुमा भर्ना


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत ३ जना कोरोना संक्रमितलाई आइसीयुमा भर्ना गरिएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिका अनुसार अस्पतालमा उपचारत कोरोना अस्थायी अस्पतालमा रहेका ३३ जना बिरामी मध्ये ३ जना संक्रमति आइसीयुमा भर्ना गरिएको हो ।

हालसम्म लुम्बिनी अस्पतालमा भर्ना भएकामध्ये १९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार आइसियुमा रहको ३ जना संक्रमित नै पुरुष हुन् । उनीहरु कपिलवस्तुका २१ वर्षका पुरुष, ३७ वर्षका वर्षका दाङ र ५३ वर्षका पुरुष रुपन्देहीको बुटवलका हुन् ।

अस्पतालका सूचना अधिकारी डा गौतमका अनुसार २१ वर्षका संक्रमतिलाई मधुमेहको समस्या रहेको छ । उनी ५ दिनअघि अस्पतालमा भर्ना भएका हुन् । उनलाई अस्पताल भर्ना भएको दुई दिन भेन्टिलेटरमा राखेर तीन दिन अघि भेन्टिलेटबाट निकालेर आइसीयुमा राखिएको छ ।

यस्तै ३७ वर्षका कोरोना संक्रमति पुरुषमा डेंगु रोग समेत देखिएको छ । उनमा डेंगु रोग पनि भएको र श्वासप्रश्वासमा समस्या भएपछि दाङबाट लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर भएर आएका हुन् ।

अर्का ५२ वर्षका पुरुष हिजो मात्र कोरोना संक्रमण पुष्टि भएका व्यक्ति हुन् । उनमा निमोनिया भएर श्वासप्रश्वासको समस्या देखिएपछि आइसीयुमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ६ : ४४ बजे

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई