कोरोना संक्रमण रोकथामका लागि हालसम्म ९ अर्ब ८७ करोड खर्च (भिडियो सहित) | Khabarhub Khabarhub

कोरोना संक्रमण रोकथामका लागि हालसम्म ९ अर्ब ८७ करोड खर्च (भिडियो सहित)


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि हालसम्म ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो ।

उच्चस्तरिय समितिले कोरोनाको महामारी लगतै चीनबाट नेपाली बिद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगायतमा उक्त रकम खर्च भएको जनाएको छ ।

समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार केन्द्र तहबाट ६ अर्ब ३ करोड, प्रदेश तहबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्ब ७६ करोड खर्च भएको हो ।

त्यस्तै, कोरोना उपचार तथा नियन्त्रण कोषमा हालसम्म २ अर्ब ३२ करोड रुपैया जम्मा भएको उनले बताए । सचिव बिडारीले विज्ञहरुको सुझाव बमोजिम लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा सरकार रहेको जानकारी दिए ।

बाँकी भिडियो हेरौं

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ७ : ३१ बजे

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि