सरकारले ८ देशका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढायो « Khabarhub

सरकारले ८ देशका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढायो


२१ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ८ देशका लागि राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।

परराष्ट्रमन्त्रालयले लामो समयदेखि रिक्त रहेका देश र कार्यकाल सकिन लागेका देशमा नयाँ राजदूत पठाउनेबारे प्रक्रिया अगाडि बढाएको हो ।

हाल रिक्त रहेको दक्षिण कोरिया, श्रीलंका र दक्षिण अफ्रिकासहित अन्य पांच देशमा नयाँ राजदूत नियुक्ती प्रक्रिया अगाडि बढाएको हो ।

सरकारले अमेरिकामा एक वर्षअगाडि म्याद थपेर अर्जुन कार्की राजदूत छन् । परराष्ट्रमन्त्रालयबाट सहसचिवहरु तपस अधिकारी, निर्मल काफ्ले, गेहेन्द्रराज भण्डारी, जिवन श्रेष्ठ, रामकाजी खड्का राजदूतको दौडमा छन् ।

मुख्यसचिव लोकदर्शन रेग्मी पनि अमेरिकाको राजदूत हुने लविङमा रहेका छन।

त्यस्तै चार महिनापछि थप चार देशका राजदूतको कार्यकाल सकिँदैछ । पाकिस्तान, बेलायत, जर्मनी र बेल्जियममा तीन र चार महिनापछि राजदूतहरुको कार्यकाल सकिँदैछ ।

जसअनुसार क्रमशः पाकिस्तानमा सेवा लम्साल, बेलायत दुर्गा बहादुर सुवेदी, जर्मनीका रमेश प्रसाद खनाल र बेल्जियम लोकबहादुर थापाको भदौ र असोजमा कार्यकाल सकिँदैछ ।

त्यस्तै परराष्ट्र सचिव शंकरदास बैरागीले पनि आगामी असोजबाट अवकाश पाउँदैछन् । बैरागीको ठाउँमा नयाँ सचिवका लागि दौडधुप सुरु भएको छ ।

सचिवका लागि भरतराज पौडेल, सेवा लम्साल र अमृत राईबीच प्रतिस्पर्धा छ । मुख्यसचिवमा परराष्ट्र सचिव वैरागी र वनसचिव विश्वनाथ ओली मध्य एक जनालाई बनाउने सरकारको तयारी छ ।

प्रकाशित मिति : २१ जेठ २०७७, बुधबार  ७ : ४८ बजे

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण