काठमाडौं- चीनले हङकङका सम्बन्धमा १५ जेठमा पारित गरेको राष्ट्रिय सुरक्षासम्बन्धी ऐनलाई नेपालले समर्थन गरेको छ ।
नेपालले एक चीन नीतिलाई लिएर दोहोर्याउँदै हङकङलाई चीनको अभिन्न अंगको रुपमा लिएको जनाएको हो ।
चीनले हङकङको लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर नेपालले उक्त प्रतिक्रिया दिएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालद्वारा बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘शान्ति, कानुन र सुव्यवस्थालाई व्यवस्थित रुपमा पालना गराउनु राज्यको एक प्रारम्भिक जिम्मेवारी हो । नेपाल कुनै पनि मुलुकको आन्तरिक सम्बन्धमा हस्तक्षेपमा विश्वास गर्दैन र हङकङमा कानुन र सुव्यवस्था गर्नको लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ ।’
हङकङलाई चीनको अभिन्न अंगका रूपमा नेपालले सुरुदेखि नै समर्थन गर्दै आएको छ ।
प्रतिक्रिया