राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने « Khabarhub

राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् ।

सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराएका हुन् ।

पत्रमा उनले मुलुक कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने जनाएका छन् । उनले उक्त भत्ता सरकारको राजश्व खातामा जम्मा गरिदिनसमेत पत्रमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ३ : ५८ बजे

त्रिशूली ३’ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको

पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा

त्रिशूली र लाङटाङका टनेलमा ‘ब्लास्टिङ’ : ९३ जनाको टोलीसहित एक्साभेटर परिचालन

काठमाडौँ – नेपाली सेनाले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका विपद्

अस्मिताले पाइन् घरमै नागरिकता

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको