कर्णाली प्रदेशमा एकैदिन थपिए ११४ जना कोरोना संक्रमित « Khabarhub

कर्णाली प्रदेशमा एकैदिन थपिए ११४ जना कोरोना संक्रमित


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली प्रदेशमा एकैदिन  थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३८९ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै  कर्णाली प्रदेशमा जम्मा ३८९ जनामा कोरोना पुष्टि भएको हो ।

पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतको प्रयोगशालामा भएको परीक्षणमा १०६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरमा अनुसार संक्रमितमध्ये नारायण नगरपालिकामा सबैभन्दा बढी ६९ जना रहेका छन्। नगरपालिकाका ६५ पुरुष र ५ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

त्यस्तै देवलकाँडाका १२, सोताका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

त्यस्तै मुगुको खत्याडका एक पुरुषको पीसीआरको रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ४ : २१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब