इडीभीको नतिजा आज आउँदै (हेर्ने तरिकासहित) | Khabarhub Khabarhub

इडीभीको नतिजा आज आउँदै (हेर्ने तरिकासहित)


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा आज सार्वजनिक हुदैछ ।

नेपालस्थित अमेरिकी दूतावासले गएराति ट्वीट गर्दै आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९:४५ बजेपछि डीभी नतिजा सार्वजनिक हुने जानकारी दिएको छ ।

यसको नतिजा www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

नम्बर बिर्सनुभएको छ भने पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ।

‘दूतावासले भनेको छ, ‘डीभीबारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।’

अमेरिकामा रहेका नेपालीले ९७०३०९८८(३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ।

दूतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

डिभीका बिजेताहरुले सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ ।

अमेरिकी सरकारले आर्थिक वर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो ।

पछिल्लो ५ वर्षमा ५० हजारभन्दा बढी कम मानिस अमेरिका आउने मुलुकका हकमा मात्रै यो कार्यक्रम लागू हुँदै आएको छ । अमेरिकामा धेरै आप्रवासन दर हुने मुलुकका नागरिकले भने यो कार्यक्रममा सहभागी हुन पाउँदैनन् ।

अमेरिकाले ल्याउने उक्त कार्यक्रममा हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ५ : ३६ बजे

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ

काठमाडौं- पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध

कोरला नाकामा विद्युत् सेवा विस्तार

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत्

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा

महानगरको सीप मेलामा दश हजार बढीले दिए आवेदन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप

गण्डकीका मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा मागे विश्वासको मत

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाको आइतबार बसेको