कर्णालीका सात जना कोरोना जितेर घर फर्किए « Khabarhub

कर्णालीका सात जना कोरोना जितेर घर फर्किए


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् घर फर्केका छन् ।

कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।

पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिए ।

कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र छ जना सुर्खेतको रहेका छन् ।

कोरोनामाथि जित हासिल गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षीय लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन् ।

एक महिलाको नाम र ठेगाना नखुलेको अस्पतालले जनाएको छ । कर्णालीमा शुक्रबारसम्म ४८९ मा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १० : २५ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित