कविता- कोब्रा ! « Khabarhub

कविता- कोब्रा !



कोब्रा गोमन साँपले म डसुवा भन्दैन कैल्यैपनी
सुस्केरा, जिउडाल, बग्नी गतिले चिनिन्छ कोब्रा भनी
जो कोब्रा यहि हो भनी बुझिकनै झ्याम्मिन्छ कोब्रासँग
काखैमा जति राख डस्छ उसले एक् दिन् नराम्रोसँग ।

कोब्राको गुण हो बगाइ विष जो सक्दो विषाक्ती दिने
आफ्ना, मित्र, छिमेक, रीपु सजिलै चिन्दैन कोब्रा कँही
डस्नैमा छ त धर्म गोमनहरु! डस्छन् नि मौक़ा मिले
त्यो कोब्रा चिडिया हुँदैन कहिल्यै भन्ने नबिर्सीदिए ।

सक्दो लालन पालनी जति गरौं कोब्रा विषै कुण्ड हो
के टोक्थ्यो नभनौं, शिकार नबनौं! मौका नमीलेर हो
कोब्रालाइ प्रयोग गर्छ जसले सक्दैन ऊ उम्किन
मौकामात्र अलीकती सहज होस् डस्नेछ बिर्सी गुण!

कोब्रा पाल्नु अबश्य घातक छ है—त्यो बैगुनी जात हे
जो जो गोमन हैन यो त पलुवा भन्दै मुसार्दै रहे
धेरै देखिसकें अझै कतिकती देख्नुछ यै दृष्‍टिले
डस्यो लौ! भनि छट्पटी हुनु अघी कोब्रा चिनौं हामिले ।।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ४ : ०९ बजे

प्रधानमन्त्री बालेन र हस्तकला महासंघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल हुँदै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच

प्रदर्शन र चौतर्फी दबाबपछि युक्रेनी राष्ट्रपतिले गरे सेनाध्यक्ष बर्खास्‍त

काठमाडौँ – व्यापक जनप्रदर्शन र राजनीतिक दबाबपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !

पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले

विश्वकप-२०२६ का १० अविस्मरणीय क्षण

३९ दिन, ४८ राष्ट्र, १०४ खेल र करोडौँ समर्थकको नजर।

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५