पैसा लिन थालेदेखि सांसदको हैसियत वडाअध्यक्षको जस्तै भयो : नेता थापा « Khabarhub

पैसा लिन थालेदेखि सांसदको हैसियत वडाअध्यक्षको जस्तै भयो : नेता थापा


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले सांसदहरूले विकासका नाममा सांसदहरुले पैसा लिन थालेदेखि हैसियत खस्किएको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद थापाले सांसदहरूले विकासका नाममा बजेट नलिएर नीति निर्माताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताए ।

बजेट निर्माणमा भूमिका खेल्नुपर्ने सांसदले मन्त्रीको ढोकामा योजना माग्न गएपछि हैसियत खस्किएको थापाको भनाइ थियो ।

‘बजेट निर्माणमा संसदको भूमिका के ? विधायकको भुमिका के ? हामीले बोक्ने विचारधाराको अर्थ र सम्बन्ध के रहन्छ ?,’ सांसद थापाले भने, ‘हामी मन्त्रीको ढोकामा दौडियौं, कहिले चुरोटको खोलको चिर्कटोमा योजना लेखेर कहिले आफ्नो लेटरप्याडमा लेखेर पुग्यौं । प्रधानमन्त्री त पुग्नुभयो !’

सांसदको हैसियत त्यसरी मन्त्रीको ढोकामा कुद्न थालेपछि बिग्रिएको थापाको भनाइ थियो । उनले पहिलाको भन्दा स्थिति झन बिग्रिएको बताए ।

‘जहिलेबाट हामीले स्थानीय पूर्वाधार विकास साझेदारी कोष नाम दियौं । यसबाट वडअध्यक्ष जस्तो पैसा लिन थाल्यौ ।’, नेता थापाले भने, ‘ पहिलेको भन्दा स्थिति झन बिग्रियो । हाम्रो हैसियत अहिले वडाअध्यक्षको जस्तो भएको छ ।’

सांसदहरूले आफ्नो हैसियत कायम गर्नका लागि त्यो रकम लिन्नौं भन्न सक्नुपर्ने थापाको आग्रह छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ४ : २३ बजे

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।