किन खोसियो ‘जसपा’मा डा. भट्टराईको शीर्ष पद ? « Khabarhub

किन खोसियो ‘जसपा’मा डा. भट्टराईको शीर्ष पद ?


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवगठित जनता समाजवादी पार्टी (जसपा) भित्र पहिलो वरियता दावी गर्ने डा.बाबुराम भट्टराईले वरिष्ठ नेतामा चित्त बुझाएका छन् ।

पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दल दर्ता गरिएको छ । यसअघि डा. बाबुराम भट्टराईलाई पनि अध्यक्ष बनाउने सहमति गरिएको बताइएको थियो । तर, दल दर्ता गर्दा भट्टराईको नाम राखिएको छैन । उनलाई चौथो वरियतामा राखिएको छ । उनी अगाडी दुई अध्यक्ष र अशोक राई रहेका छन् । भट्टराईपछिको बरियतामा राजेन्द्र महतो छन् ।

उनको वरियतालाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी हुन थालेको छ । उनको चौथो वरियताका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको बेला सहयोगी विश्वदीप पाण्डेले सबै निर्णय सहमतिमै भएको बताएका छन् ।

उनले निर्वाचन आयोगमा आजै पार्टी दर्ता गराउनु पर्ने दवावका कारण अहिले वरिष्ठ नेतामा चित्त बुझाएको र पछि उपयुक्त जिम्मेवारी हुने बताएका छन् ।

पाण्डेको दावी जस्ताको तस्तैः

“बाहिर अनेकन हल्ला चलेकोले प्रष्ट पार्न चाहन्छु । सबै कुरा सहमतिमा भएको छ । धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १-१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो । कोही साथीहरु पनि बाहिर चलेका हल्लाहरुबाट भ्रमित हुन जरुरी छैन । बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ ।

कुन पदमा बस्ने भन्दा पनि हामीले कस्तो राजनीतिक जग बसाउने भन्ने हो । हामी अरु पुराना चलनचल्तिकै राजनीतिक पार्टीहरुको अर्को अंग हुने हो कि साँच्चै व्यवहारमै वैकल्पिक राजनीतिक संस्कारसहितको पार्टी बनाउने भन्ने बहस हो । नेतृत्वलगायतका अन्य वैचारिक कुरा आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ ।

समाजवादी र राजपाको एकता बाबुराम भट्टराईको एक वर्ष अगाडिदेखिको पहल हो । अहिले उहाँले यो एकतालाई के गर्दा निष्कर्षमा लैजान सकिन्छ त्यही गर्नुभएको हो । छिट्टै बस्ने केन्द्रीय समितिको बैठकसम्म सबैले धेर्य गरौं । वैचारिक कुरासहित नेतृत्वको कुरा सबैलाई चित्त बुझ्ने गरी सेटमै जनता समाजवादी पार्टीले निर्णय गर्नेछ ।”

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  १० : ३५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील