कोरोना भाइरसले विश्वभर ७० लाखभन्दा बढी संक्रमित, ४ लाख ५ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरसले विश्वभर ७० लाखभन्दा बढी संक्रमित, ४ लाख ५ हजारको मृत्यु


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ५ हजार ७४ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि संक्रमित हुने मानिसको संख्या ७० लाख ८२ हजार हाराहारी पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ६८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७० लाख ८१ हजार ८११ पुगेको छ ।

३२ लाख २० हजार ५०० जनाको उपचार भइरहेकोमा ५३ हजार ७५८ जनाको अवस्था गम्भीर छ । ३४ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ७८ हजार ९४३ जनाको मृत्यु भएको छ ।

२० लाख ९४ हजार ३२४ जना संक्रमित भएकोमा १० लाख ८२ हजार १२८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३५ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २२ लाख ७८ हजार ५९ पुगेको छ । त्यसमध्ये ९ लाख २५ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३५ हजार २५ जनाको मृत्यु भएको छ । १३ लाख ६१ हजार २४९ जना संक्रमित भएकोमा ८ लाख २२ हजार २९६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५० हजार २२२ जनाको मृत्यु भएको छ । ११ लाख ४६ हजार ४७० जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार २१५ जनाको ज्यान गएको छ भने १ लाख ९२ हजार ११८ जना संक्रमित छन् । संक्रमितमध्ये ८४ हजार ९१९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८७० जना संक्रमित भएकोमा ८ हजार २८९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ६ : ३२ बजे

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको

इरानमा प्रदर्शन दमनमा हजारौँको मृत्यु, तेहरानद्वारा अमेरिकालाई चेतावनी

पेरिस – तेहरानले वासिङ्टनलाई हस्तक्षेप नगर्न चेतावनी दिँदै सुरक्षा फौजले