व्यवसायीले सुरक्षा नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढ्यो « Khabarhub

व्यवसायीले सुरक्षा नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढ्यो


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- सोमबारबाट बिहान ८ बजेदेखि खुलेका दमौलीका बजार मध्याह्न १२ बजेभन्दा पछि पनि खुले । तर लक डाउनको अवधिमा खुलेका बजारका व्यवसायीले आधारभूत सुरक्षा मापदण्ड नअपनाउँदा यसले जोखिम बढाउने त्रास खडा भएको छ ।

व्यास नगरपालिकाले बिहान कम भिड हुने भन्दै ६ बजेबाट १० बजेसम्म सातामा छ दिन बजार खुलाउन दिएको समय व्यवसायीले समय अव्यवहारिक भएको भन्दै परिवर्तन गर्न माग गरेका थिए ।

व्यवसायीकै मागअनुसार समय परिवर्तन पनि भयो । तर समय परिवर्तन भए अनुसार व्यवसायीले पूरा गर्नु पर्ने सुरक्षाका शर्तहरु पालना नभएको देखिएको छ । धेरैजसो फेन्सी पसलमा भिडभाड देखिएको छ ।

सामान्य दुरी व्यवस्थापन र हात धुने वा स्यानिटाइजरको व्यवस्था गर्न अधिकांश व्यवसायी चुकेका छन् । घर भाडा व्यवसायी संघका केन्द्रीय सदस्य आकाश अधिकारी समय परिवर्तन भएकोमा खुशी छन् ।

‘धेरै व्यापारीलाई पहिले नगरपालिकाले दिएको समय मिलेको थिएन,’ उनले भने, ‘अहिलेको समय ठीक छ तर हामीले हाम्रो कर्तव्य पुरा गर्न सकेनौं ।’

उनले नगरपालिकाले माग सम्बोधन गरेसँगै व्यवसायीले पनि सुरक्षाका मापदण्ड पूरा गर्नुपर्नेमा चुकेको बताए । ‘हामीले गर्नुपर्ने काम भने पूरा गरेनौं,’ उनले भने ।

बजारका सबै व्यवसायीले नगरे पनि केहीले भने पसलका अगाडि साबुनले हात धुने प्रबन्ध गरेका पनि छन् । उनले यसो भने पनि दमौलीका अधिकांश फेन्सी र अरु पसलका सञ्चालकले सामाजिक दुरी अनि हात धुने तथा स्यानिटाइज गर्ने विषयमा ध्यान दिएका छैनन् ।

व्यास नगरपालिकासँग बजार खुलाउने सहमति गरेको तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइले अनिवार्य रुपमा हात धुने वा स्यानिटाइजर लगाउने व्यवस्था गर्नका लागि सबैमा अनुरोध पनि गरेको थियो । सफा सडक टोल सुधार समितिका अध्यक्ष कुमारमोहन श्रेष्ठ सबैले आफू र ग्राहक दुवैको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउँछन् ।

व्यास नगरपालिका लगायत तनहुँका तहहरुमा भारतबाट आउनेको संख्यामा कमी आउन सकेको छैन । यस्तोमा बजार पनि खुला हुन थालेपछि सुरक्षा जोखिम बढिरहँदा व्यवसायी पनि आफू र ग्राहक दुवैको सुरक्षाका लागि गम्भीर नबन्ने हो भने तीन जनालाई देखिइसकेको कोभिड संक्रमणको जोखिम अझ बढ्नेमा विज्ञको चिन्ता छ ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १ : ११ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन