छोरीहरुसँग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित) « Khabarhub

छोरीहरुसँग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण लकडाउन लागू भएसँगै फूर्सदिला बनेका मानिसहरु टिकटकमा रमाउन थालेका छन् ।

लकडाउनले घरभित्रै सीमित भएकाहरुको लागि टिकटक दिन कटाउने सजिलो माध्यम समेत बनेको छ ।

चलचित्र क्षेत्रका अधिकांश नायक नायिकाहरु पहिलेदेखि नै टिकटकमा रमाउने गरेको भएपनि अहिले रुची नहुनेहरुले समेत लगाव देखाएका छन् ।

यही मेसोमा पूर्व युवराज्ञी हिमानी शाहको टिकटक भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी टिकटकमा आफ्नी छोरीहरुसँग तालमा ताल मिलाउदै नाचेकी छिन् ।

छोरी पूर्णिका शाहले आफ्नो टिकटक आईडीमा सो भिडियो सार्वजनिक गरेकी हुन् । दुई छोरीहरुसंगै हिमानीले गायक सबिन राईको गीत ‘गुरासको फेदमुनी’गीतमा नाचेकी छन्।

यस्तै अर्को एक भिडियोमा हिमानी टिकटकमा पछिल्लो समय भाइरल डिस्को म्युजिकमा छोरिहरुसँग नाचेकी छिन् । उक्त भिडियो हिमानीकी अर्की छोरी कृतिका शाहले आफ्नो टिकटक एकाउन्टमा अपलोड गरेकी छन् ।

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  ९ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै