परराष्ट्रले तयार गर्‍यो विदेशबाट उद्दार गर्ने नेपालीहरूको विवरण (सूचीसहित) | Khabarhub Khabarhub

परराष्ट्रले तयार गर्‍यो विदेशबाट उद्दार गर्ने नेपालीहरूको विवरण (सूचीसहित)


२६ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण विदेशमा अलपत्र भएका र उद्दार गर्नैपर्ने अवस्थामा रहेका नेपालीहरुको सूची तयार पारेको छ ।

परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएको विवरणअनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ ।

मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार उक्त सूची तयार पारेको जनाएको छ ।

मन्त्रालयको सूची अनुसार ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना रहेको उल्लेख छ ।

पहिलो चरणमा कुन देशबाट कति जनालाई स्वदेश फर्काइने ?

अमेरिका- ६४६

ब्रिटिस टेरिटोरी-४९

क्यानडा- ७८

साउदी अरब-३३१२

संयुक्त अरब इमिरेट्स (यूएई)- ४१०

बहराइन- ३७२

इजरायल- ३९

युगाण्डा-१६१

नाइजेरिया-९७

दक्षिण सुडान-१८

सुडान-३१

मोरक्को-६३

कतार-३६०८

मलेसिया-६४२५

थाइल्याण्ड-३५७

सिंगापुर-६१

कम्बोडिया-४१

भियतनाम-४

लाओस-२

जापान- ९१६

कोरिया-२८२

बंगलादेश-१८०

श्रीलंका-३६

पाकिस्तान-१२५

डेनमार्क/नर्वे/स्वीडेन/फिनल्याण्ड-७६

ओमन-६५६

साइप्रस- ४७१

कुबेत-२९९१

माल्दिभ्स-७२४

अष्ट्रेलिया-१३००

जम्मा- २४,१४८

प्रकाशित मिति : २६ जेठ २०७७, सोमबार  १० : ३९ बजे

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार