अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या घट्दो, २४ घण्टामा ५८१ को मृत्यु « Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या घट्दो, २४ घण्टामा ५८१ को मृत्यु


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ ।

१५ दिनअघिसम्म कोरोना भाइरसको महामारीले दैनिक २ हजार देखि २५ सयसम्म मानिसको मृत्यु भएको अमेरिकामा अहिले यो दर ६ सयको हाराहारीमा आएको छ।

नेपाली समयअनुसार सोमबार ३७३ जनाको मृत्यु भएको अमेरिकामा मंगलबार विहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५८१ छ ।

यस्तै एकै दिन १८ हजार २४२ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २० लाख २५ हजार ६९१ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा मंगलबार बिहान साढे ५ बजेसम्म १ लाख १३ हजार ५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५८२ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ७ लाख ७१ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ४० हजार ९२७ जनामध्ये १६ हजार ९०४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ५ : ३९ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न