नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुग्यो


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

चितवनका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको आज विहान मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सी.यूमा उपचाररत उनलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार बेलुकामात्र भरतपुर अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।

उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार उनलाई सुगर, प्रेसर लगायत निमोनियाको समस्या सममेत रहेको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला र स्याङ्जाका ५८ वर्षीय पुरुष गरी १४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ४ : २९ बजे

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको