बैतडी र दार्चुलामा फौजी किराको प्रकोप « Khabarhub

बैतडी र दार्चुलामा फौजी किराको प्रकोप


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडी र दार्चुलाका किसानले लगाएको मकै फौजी किराले सखाप पारेको छ ।

मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पार्दा किसान चिन्तित बनेका छन् । दुई जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोपका रूपमा देखा परेको हो ।

फौजी किराले मकैबाली सखाप पारेको किसानले बताएका छन् । फौजी किराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन् ।

दोगडाकेदार गाउँपालिकाका नरेन्द्र विष्टका अनुसार दोगडाकेदार गाउँपालिका–१ को रिम, गोरङ र वडा नं ६ को सित्तडलगायत बस्तीमा मकै नउम्रिने र उम्रेको बोटमा समेत किराको प्रकोप देखिएको छ ।

जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौजी किराको प्रकोप देखिएको हो । मकै भित्र्याएर रोपाइँ गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए ।

मकै भित्र्याएर रोपाइँ गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका र ती ठाउँका मकैबालीमा फौजी किराको प्रकोप देखिएको हो ।

फौजी किराको प्रकोप देखिएका ठाउँमा मकैबाली सखाप हुँदै गएको छ । पुर्चौडी नगरपालिका–२ महादेवस्थानको जर्सौटोलमा रहेका ६० परिवारको खेतमा लगाएको मकैबाली दुई हप्तादेखि अज्ञात किराले नष्ट गरिरहेको स्थानीय डम्मरराज पन्तले जानकारी दिए ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडका स्थानीय राजेशसिंह विष्टले भने, ‘गत वैशाखमा खेतमा मकै लगाएका हौँ, खेतमा लगाएको मकै गोड्न जाँदा मकैका बोटमा ठाउँठाउँमा प्वालहरु छन् । यसपालि उम्रिनै लागेको मकैबालीमा किरा लागेपछि सोचेजस्तो बाली भित्र्याउन सकिएलाजस्तो छैन ।’

गोकुलेश्वरलगायत क्षेत्रमा किराले मकैबाली सखाप पार्न थालेको भन्दै किसानले प्राविधिक सहयोगका लागि अपिल गरेका छन् । खेतमा छरेको मकै नउम्रिँदा विभिन्न बस्तीका किसान खेतमा दोस्रो चोटी मकै लगाउन थालेका छन् ।

वैशाख अन्तिम साताबाट देखिएको किराको प्रकोपले मकैबाली नष्ट भएपछि किसान मारमा परेका हुन् । गोड्ने समयमा मकैको गुबोभित्र पसेर गुबो, पात खानाले सुक्ने, पहेँलो भएर नष्ट हुन थालेपछि चिन्तित बनाएको हो ।

किराले गुबो खाएपछि मकै फस्टाउन पाएको छैन । बर्खेमकैमा फौजी किराले पातै नआउने गरी मकैको गुबो सखाप बनाएपछि मकै भित्र्याउने आशा मरेको गोकुलेश्वरका किसान गङ्गादत्त जोशीले बताए ।

पहाडी क्षेत्रको मुख्य खाद्यान्नका रूपमा लगाएको मकैमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निराश छन् । किराको प्रकोपले एकपछि अर्को गर्दै बाली सखाप पार्न थालेपछि किसानलाई खाद्यान्न अभावको चिन्ताले सताएको हो ।

लकडाउनले किटनाशक औषधि लिनसमेत नपाएपछि किसान झन् समस्यामा छन् । मकैबाली बैतडीको मुख्य खाद्यबाली भए पनि फौजी किराको प्रकोपले यसको उत्पादनमा असर पार्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । मकैमा फौजी किराको प्रकोप देखिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : ३१ बजे

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा

फेरिएको परम्परा : पहिले बधाई दिनेको भिडले भरिने सिंहदरबार अहिले सुनसान (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनपछि अहिले देशले युवा नेतृत्व पाएको छ ।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

जुम्ला– तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर

धुम्बाराहीमा कांग्रेस देउवा पक्षको अलग्गै भेला, को को सहभागी भए ?

काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन