बैतडीमा पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्के | Khabarhub Khabarhub

बैतडीमा पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्के


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्ला प्रशासन कार्यालयका बैतडीले हालसम्म पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्केको जानकारी दिएको छ ।

भारत तथा तेस्रो मुलुकबाट फर्केर बैतडीका विभिन्न क्वारेन्टाइनमा बसेकामध्ये हालसम्म पाँच हजार ३७१ जना घर फर्किसकेका छन् । त्यस्तै चार हजार १५० जना अझै क्वारेन्टिनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

हाल क्वारेन्टिनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उनले बताए । उनीहरुको कोरोना परीक्षण भइरहेको र परीक्षणपश्चात घर पठाइने जनाइएको छ । क्वारेन्टिनको १४ दिन बसाइ पछि भने पाँच हजार ३७१ जना घर फर्किसकेका छन् ।

यसैबीच जिल्लामा हालसम्म छ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको छ । उनीहरुमध्ये ६ हजार ३८४ जनाको आरडीटी विधिबाट गरिएको हो भने ५९३ जनाको पीसीआर विधिबाट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसमा आरडीटी गरिएका मध्ये पाँच हजार ८५५ जनाको नेगेटिभ र ५२९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी पोजेटिभ देखिएकाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई जनाको पोजेटिभ आएको छ । जिल्लाका सबै स्थानीय तहमा गरेर १९६ स्थानमा छ हजार २३९ बेडको क्वारेन्टाइन स्थापना गरिएका छन् । बैतडीमा गत चैत ११ गतेदेखि क्वारेन्टिनमा राख्न शुरु गरिएको थियो ।

भारतबाट फर्किनेको क्रम नरोकिँदा तथा समयमै पीसीआर परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टिन व्यवस्थापनमा चुनौती देखिएको छ । १४ दिनको क्वारेन्टिन बसाइपछि आरडीटी परीक्षण गरिने र नेगेटिभ आए घर पठाउने गरिएको छ ।

पोजेटिभ आए पीसीआर परीक्षण गर्ने गरिएको छ तर सुदूरपश्चिम प्रदेशमा एकमात्र धनगढी प्रयोगशाला पीसीआर परीक्षण गरिने भएकाले समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइन बसाइ लम्बिने गरेको छ ।

नमूना पठाएको एक हप्तापछि मात्रै रिपोर्ट आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १० : ५६ बजे

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको