शनिबार र बिदाका दिन पनि बैंक खुल्ने « Khabarhub

शनिबार र बिदाका दिन पनि बैंक खुल्ने


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंक तथा वित्तीय संस्था भोलि (शनिबार) पनि खुल्ने भएका छन्। नेपाल राष्ट्र बैंकले जेठ ३२ गतेसम्म शनिबार तथा सार्वजनिक बिदामासमेत पूर्णकालीन रुपमा खुला राख्न बिहीबार निर्देशन दिएपछि शनिबार बैंकहरु खुल्ने भएका हुन्।

राष्ट्र बैंकका अनुसार राजस्व बुझ्ने प्रयोजनका लागि बैंकका शाखा खुला राख्न निर्देशन दिइएको हो। त्यस्तै, नेपाल क्लियरिङ हाउससमेत शनिबार खुल्नेछ।

सरकारी राजस्व उठाउन महिनाको अन्तिम दिन सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकलाई खुला राख्न निर्देशन दिने प्रचलन छ।

कोरोना भाइरस (कोभिड–१९)का कारण राजस्व उठ्न नसकेको भन्दै सर्वसाधारणको सहजताका लागि बैकहरु खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  १ : ४२ बजे

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु