दक्षिण कोरियामा कडा भौतिक दूरी अपनाउन चेतावनी « Khabarhub

दक्षिण कोरियामा कडा भौतिक दूरी अपनाउन चेतावनी


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण कोरियाले नोभेल कोरोना भाइरसका नयाँ संक्रमित ‘सिङ्‌गल डिजिट’ मा आउन्जेलसम्म कडा भौतिक दूरीको उपाय अवलम्बन गर्न नागरिकलाई चेतावनी दिएको छ ।

दक्षिण कोरियाको स्वास्थय मन्त्री पार्क नेयुङ होले कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन कडा भौतिक दूरी कायम गर्न निर्देशन दिएका हुन् । उनले सिओल महानगरबासीलाई जतिसक्दो घरबाहिर ननिस्किन आग्रह गरेका छन् । बिहीबारमात्रै दक्षिण कोरियामा ५६ जना नयाँ संक्रमित फेला परेका थिए ।

उनले रात्रिकालिन मनोरञ्‍जनका स्थानहरु, धार्मिक स्थलहरु, म्युजियम र पार्कहरु बन्द गर्नसमेत निर्देशन दिएका छन् । यसअघि निश्‍चित दूरी कायम गर्दै यस्ता स्थानहरु खुला गरिएका थिए । विगत दुई सातादेखि लगातार ५० भन्दा बढी दैनिक संक्रमित फेला परेपछि कडा भौतिक दूरीको नियम अवलम्बन गराउन लागिएको हो ।

दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार ३ पुगेको छ भने २७७ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ६६९ जनाको उपचारपछि घर पठाएको दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ३ : ४९ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका