दक्षिण कोरियामा कडा भौतिक दूरी अपनाउन चेतावनी « Khabarhub

दक्षिण कोरियामा कडा भौतिक दूरी अपनाउन चेतावनी


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण कोरियाले नोभेल कोरोना भाइरसका नयाँ संक्रमित ‘सिङ्‌गल डिजिट’ मा आउन्जेलसम्म कडा भौतिक दूरीको उपाय अवलम्बन गर्न नागरिकलाई चेतावनी दिएको छ ।

दक्षिण कोरियाको स्वास्थय मन्त्री पार्क नेयुङ होले कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन कडा भौतिक दूरी कायम गर्न निर्देशन दिएका हुन् । उनले सिओल महानगरबासीलाई जतिसक्दो घरबाहिर ननिस्किन आग्रह गरेका छन् । बिहीबारमात्रै दक्षिण कोरियामा ५६ जना नयाँ संक्रमित फेला परेका थिए ।

उनले रात्रिकालिन मनोरञ्‍जनका स्थानहरु, धार्मिक स्थलहरु, म्युजियम र पार्कहरु बन्द गर्नसमेत निर्देशन दिएका छन् । यसअघि निश्‍चित दूरी कायम गर्दै यस्ता स्थानहरु खुला गरिएका थिए । विगत दुई सातादेखि लगातार ५० भन्दा बढी दैनिक संक्रमित फेला परेपछि कडा भौतिक दूरीको नियम अवलम्बन गराउन लागिएको हो ।

दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार ३ पुगेको छ भने २७७ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ६६९ जनाको उपचारपछि घर पठाएको दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ३ : ४९ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात