नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुग्यो


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँचीका थप एक जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको हो ।

मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । उनको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका उनी उपचारका लागि बुटवल गएर फर्किदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष र भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुष गरी १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ४ : ३२ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग