एकादेशको १० अर्बको कथा, कठै मेरो देशको व्यथा ! (फोटो फिचर) « Khabarhub

एकादेशको १० अर्बको कथा, कठै मेरो देशको व्यथा ! (फोटो फिचर)


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा अहिले सरकारका विरुद्ध प्रदर्शन भइरहेको छ । केहिदिनदेखि काठमाडौंका विभिन्न ठाउँसहित प्रधानमन्त्री निवास बालुवाटरलगायतका क्षेत्रमा गरिएको प्रदर्शनमा सरकारले बल प्रयोग पनि गरेको छ ।

आज पनि काठमाडौंको बसन्तपुरमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले गरेको खर्चको विवरण माग गर्दै व्यंगात्मक शैलीका प्लेकाडसहित प्रदर्शन गरेका छन् ।

कोरोना नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै लेखिएको प्लेकाडमा ‘एकादेशको १० अर्बको कथा, कठै मेरो देशको व्यथा !’ लेखिएको छ ।

शत प्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागू नगरेको, क्वरेण्टीन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

शुक्रबार नै ललितपुरको झम्सीखेलमा पनि प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मङ्गलबार झम्सीखेलमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

युवाको सरकार विरोधी प्रदर्शन कस्तो रह्यो ? सरकारलाई खबरदारी गर्न बनाइएका प्लेकाडमा के के लेखिएका थिए ।

तस्वीरमा हेर्नुहोस् प्रदर्शन

 

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ०२ बजे

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा संसद्को नयाँ नियमावली तयार

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्को नयाँ नियमावली तयार गरेको

कांग्रेसको कार्यविधि : कार्यक्रमको मञ्चमा दुई जनामात्रै, प्रमुख अतिथि समयमा नआए नकुर्ने, ब्याच-माला-खादा पनि निषेध 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित र

यूएईविरुद्ध नेपालले गुमायो चौथो विकेट, २१ बलमा १७ रन जोडेका मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी