मन्त्री अर्यालद्वारा सहकारी विभागको निरीक्षण « Khabarhub

मन्त्री अर्यालद्वारा सहकारी विभागको निरीक्षण


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरीक्षण गरेकी छिन् ।

उनले शुक्रबार विभागको निरीक्षण गर्दै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न निर्देशन दिएकी हुन् ।

उनले लकडाउनलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकारले लागू गरेका नियमहरुको पूर्ण पालना गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिइन् ।

मन्त्री अर्यालले भनिन्, ‘कार्यालयमा भीडभाड कम गर्न दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्नुस् ।’

कोरोनाले नयाँ चुनौती थपेको भन्दै उनले अहिले विदेशबाट फर्किएकाहरुलाई सहकारीमार्फत रोजगारी दिन सकिने बताइन्।

‘अहिले परिस्थिति फेरिएको छ । कोरोना महामारीका कारण विदेशमा रहेका धेरै नेपालीहरु स्वदेश फर्किएका छन् । केही फर्किने क्रममा छन्, उनीहरुलाई समेत स्वरोरजगार बनाउनुपर्ने छ’, मन्त्री अर्यालले  भनिन्, ‘हामीसँग रहेका सहकारीमार्फत उनीहरुलाई रोजगारी दिन सक्ने अवस्था छ ।’

अहिले नै सहकारीहरुको राम्रोसँग नियमन गर्न नसकेमा भविष्यमा ठूलो चुनौती हुनसक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ८ : ४९ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन पाँचौँमा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल