कोरोना भाइरस : विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको « Khabarhub

कोरोना भाइरस : विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ८३ हजारभन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् ।

शुक्रबार विहानसम्म ३८ लाख ३३ हजार मानिस संक्रमणमुक्त भएकोमा शनिबार विहान साढे ५ बजेसम्म ३९ लाख १६ हजार ४८९ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५९० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २७ हजार ६७६ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७७ लाख २४ हजार ६१५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३९ हजार ५१६ जना नयाँ संक्रमित थपिएका छन् ।

३३ लाख ८० हजार ४५० जनाको उपचार भइरहेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८२ हजार ६७ जनाको मृत्यु भएको छ ।

२१ लाख ७३ हजार ५७८ जना संक्रमित भएकोमा ११ लाख ४७ हजार ८३४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार ८०९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख १९ हजार ७६२ पुगेको छ । त्यसमध्ये १० लाख २९ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३८ हजार ७३७ जनाको मृत्यु भएको छ । १५ लाख ३८ हजार ६६५ जना संक्रमित भएकोमा ९ लाख ३५ हजार ७८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५७ हजार ८४४ जनाको मृत्यु भएको छ । १३ लाख ५५ हजार ३७९ जना संक्रमित भएकोमा ६ लाख ९० हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार ८० जनाको ज्यान गएको छ भने २ लाख २७ हजार ६०९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ५ हजार ९२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९०१ जना संक्रमित भएकोमा ८ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ५ : ५९ बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र