कतारबाट ५ हजार ११२ जना नेपाली स्वदेश फर्कने (नामावलीसहित) « Khabarhub

कतारबाट ५ हजार ११२ जना नेपाली स्वदेश फर्कने (नामावलीसहित)


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कतारबाट ५ हजार १ सय १२ जना नेपालीहरू स्वदेश फर्किने भएका छन् ।

नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको विवरणअनुसार रोजगारी गुमाएका, जटिल स्वास्थ्य अवस्था भएका, आफन्तको मृत्यु भएपछि शोकमा परेका नेपाली, अध्ययन समाप्त भएका विद्यार्थीसहित ५ हजार ११२ जना नेपाली स्वदेश फर्किन लागेका हुन् ।

उनीहरूलाई जुन १६, १७, २० र २२ तारिखमा  नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडानहरुबाट स्वदेश फर्काइने दूतावासले जनाएको छ ।

४९० अमेरिकी डलर तोकिएको हवाई टिकटको मूल्य फर्कन चाहने आफैँले तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

प्राथमिकतामा परेका यात्रुको नामावलीसहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि उनीहरुको नामावली प्रकाशित गरिने दूतावासले जनाएको छ ।

हेर्नुहोस् फर्किने नेपालीहरूको नामावली

 

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ६ : ३४ बजे

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट