सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत « Khabarhub

सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । संविधान संशोधन विधेयकमा समाजवादीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले संसद नियमावलीको दफा १ सय १२ अनुसार स्विकार हुन नसक्ने भन्दै सांसद गिरीको प्रस्ताव अस्विकार भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाको घोषणापछि सांसद गिरी संसद बैठक छाडेर निस्किएकी छन् ।

गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’ रहेको भन्दै सभामुख सापकोटाले संशोधन अस्वीकृत गर्ने निर्णय गरेका हुन्। संशोधन अस्वीकृत भएसँगै गिरीको संशोधनमाथि सदनमा छलफल र मतदान हुनेछैन। संसद सचिवालयका महासचिव भरतराज गौतमले निकालेको कार्यसूचिमा गिरीको संशोधन पेश गर्ने उल्लेख छैन।

निशान छापमा प्रयोग भएको नेपालको नक्सामा लिम्पियाधुरा, गुटी, गुञ्जी, नावीलगायतका क्षेत्र समेट्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले उक्त संशोधनलाई नै खारेज गर्नुपर्ने संशोधन दर्ता गराएकी थिइन्।

उनले बुधबार विधेयक शाखामा दर्ता गराएको संशोधनमा ‘स्रोत र प्रमाण नपुर्‍याएकाले’ विधेयकको दफा २ नै खारेज हुनुपर्ने प्रस्ताव गरेकी छिन्।

समाजवादीले गिरीलाई संशोधन फिर्ता लिन चेतावनी युक्त निर्देशन दिए पनि उनले फिर्ता लिन इन्कार गरेकी थिइन्। सांसद गिरीले दर्ता गराएको संशोधन प्रतिनिधिसभा नियमावली २०७५ को दफा ११२ विपरीत रहेको भन्दै सभामुखले निर्णय गरेका हुन्।

नियमावलीको ११२ (२) मा लेखिएको छ, ‘सभामुखले यस नियमको अधिनमा रही कुनै संशोधनलाई स्वीकृत गर्ने, अश्वीकृत गर्ने वा सम्बन्धित सदस्यलाई बोलाई त्यसमा सुधार गर्ने वा एकै आशयका एकभन्दा बढी संशोधनलाई एकीकृत गरी स्वीकृत गर्ने अधिकार हुनेछ ।’

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  १ : ४३ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म