जनअपेक्षा अनुसार संशोधन नभए संविधानकै रक्षा हुँदैन – नेता महतो « Khabarhub

जनअपेक्षा अनुसार संशोधन नभए संविधानकै रक्षा हुँदैन – नेता महतो


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले जनताको मागअनुसार संविधान संसोधन हुन नसके संविधानकै रक्षा हुन नसक्ने बताएका छन् ।

आफुहरुको मागअनुसार सरकारले संसोधन प्रस्ताव सरकारले नल्याएपछि जसपाले गैरसरकारी विधेयक दर्ता गरेको सांसद महतोले बताए ।

उनले संविधानप्रति असन्तुष्टि रहेको भएपनि राष्ट्रियता र नेपालको भूमिको सवालमा सबै असन्तुष्टिलाई थाति राखेर समर्थन गर्ने जानकारी सांसद महतोले दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डको नाम लिएर सांसद महतोले भने,‘पार्टी ठुलो भयो, दिल ठुलो बनाउनुस । सबैलाई समेटेर सबको नेता बन्नुस ।’

उनले भने, ‘देशबेचुवा को हो नेपाली जनताले खोजिरहेको छ । कालापानी नेपालको नक्सामा थियो । कुन देशवेचुवाले देश बेच्यो । स्वतपत्र खै जारी गरेको ? टुँडिखेलमा खै देशद्रोहीलाई झुण्ड्याएको । महाकाली सन्धिमा समेत त्यो नदीको स्रोत उल्लेख छ । त्यो सन्धि कसले पारित गरायो । पार्टी पनि फोरेर पारित गराइयो । महाकाली सम्झौता गर्दा त्यो नदीको उद्गमस्थल कहाँ लुकाइयो ?’

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  २ : ३३ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील