राप्रपा अध्यक्ष थापाले भने- ‘प्रचण्ड’को अभिव्यक्ति भ्रामक र पूर्वाग्रही « Khabarhub

राप्रपा अध्यक्ष थापाले भने- ‘प्रचण्ड’को अभिव्यक्ति भ्रामक र पूर्वाग्रही


३१ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाअध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति भ्रामक र पूर्वाग्रही भएको बताएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डले संसदमा बोल्ने क्रममा राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको भन्ने भनाइमा अध्यक्ष थापाले टिप्पणी गर्दै सोअभिव्यक्ति भ्रामक र पूर्वाग्रही भएको बताएका हुन् ।

राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- “राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’भन्ने प्रचण्डको भ्रामक र पूर्वाग्रही भनाइ विकृत र असन्तुलित मानसिकता हो । १७हजारको शवमा टेकेर विदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो । नेपालको एकीकरण / अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।”

उनले  सिंगो राष्ट्र एक ढिक्का भएर, सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमि फिर्ता लिनुपर्नेबेल यस्ता विभाजनकारी सोच पत्युत्पादक हुने बताएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७७, शनिबार  ७ : १४ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न