राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाए : पूर्वमन्त्री यादव | Khabarhub Khabarhub

राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाए : पूर्वमन्त्री यादव


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मातृका प्रसाद यादवले राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै नेता यादवले धनुषा जिल्लामा विभिन्न अपराधिक घटना हुँदै आएको तर राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाइरहेको बताए ।

उनले अपराधिक घटनाहरु हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।

धनुषा जिल्ला सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनाका एक ड्राइभर हिरासतमा परेको तर जेठ २७ गते हिरासतमै रहेको अवस्थामा सौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सांसद यादवले बताए ।

उनले उक्त घटनामा पीडितका परिवारले झुण्ड्याइएर मारेको बताइरहेको र प्रहरी थानाले आफै झुण्डिएको बताएकाले छानविन हुनुपर्ने बताए ।

रुकुम घटना छानविन गर्न गठन भएको संसदीय समतिलाई नै छानविन गर्न जिम्मा दिनुपर्ने नेता यादवले बताए । त्यस्तै २७ गते नै सबैला नगरपालिकामा घरमा रहेका अरुणकुमार मण्डललाई रातको समय फोन गरी बोलाएर गोली हानी हत्या भएकोले उक्त घटनाको पनि निस्पक्ष छानविन गर्न माग गरे ।

२०६६ जेठ ४ गते जनकपुरबाट पैसा ल्याउँदै गर्दा हत्या भएको घटनाको अहिले सम्म छानविन हुन नसकेको भन्दै उनले छानविन गर्न माग गरे ।

दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रणमा ठूलो समस्या रहेको यादवले बताए । उनले कडा भाइरस आएको भन्ने प्रधनमन्त्रीलाई कडा खालको उपचारको व्यवस्था मिलाइदिन माग गरे । उनले प्रदेश नम्बर दुई सरकारले पनि कुनै प्रभावकारी योजनाका साथ कोरोना रोकथामका लागि काम गर्न नखोजेको बताए ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १ : ०२ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म