सुशान्तको निधनले मनिषा कोइराला स्तब्ध « Khabarhub

सुशान्तको निधनले मनिषा कोइराला स्तब्ध


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले बलिउड अभिनेता सुशान्त सिंहको निधनले आफू स्तब्ध भएको बताएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सुशान्तको निधनले आफू स्तब्ध भएको बताएकी हुन् । उनले विभिन्न विषयमा गर्ने  बहस आफूले मन पराउने गरेको पनि कोइरालाले स्मरण गरेकी छिन् ।

उनले शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेकी छिन् ।

सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

३४ वर्षीय राजपुतको निधनलाई लिएर यतिबेला सिंगो भारतीय चलचित्र उद्योग शोक डुबेको छ ।

सिंहको निधनलाई लिएर बलिउडका स्टारहरुले राम्रो स्टार गुमाएको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ११ : २४ बजे

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८