पदाधिकारी पुनर्बहाली लागि एन्फाको आकस्मिक बैठक बस्दै « Khabarhub

पदाधिकारी पुनर्बहाली लागि एन्फाको आकस्मिक बैठक बस्दै


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका पूर्वमानार्थ अध्यक्षको पुनर्बहालीका लागि एन्फाले आकस्मिक बैठक बोलाएको छ ।

आज दिउँसो १ बजेकालागि बोलाइएको पदाधिकारी बैठकमा डेढ वर्ष अगाडि कारबाहीमा परेका पूर्वमानार्थ अध्यक्ष टासी घलेको पुनर्बहाली मुख्य एजेन्डा रहेको छ ।

विक्रम संवत् २०७५ को पुष महिनामा एन्फा निर्वाचनमा अनियमितता गरेको भन्दै घलेसहितको असन्तुष्ट पक्षले एक अडियो टेप नै सार्वजनिक गरेको थियो ।

उक्त प्रकरणपछि एन्फाले घलेलाई कारबाही गर्दै मानार्थ अध्यक्ष पदबाटसमेत हटाएको थियो । एन्फाले त्यो बेला चितवन साधारण सभामा अनुपस्थित भएको कारण देखाउँदै घलेलाई कारबाही गरेको जनाएको थियो ।

आफूलाई विधान विपरित कारबाही गरिएको भन्दै घले सर्वोच्च अदालत पुगेका थिए । अदालतले गएको मंसिरमा उनको पक्षमा सुनुवाइ गर्दै राष्ट्रिय खेलकुद परिाष्द् (राखेप) लाई उनको पुनर्बहाली गर्न आदेश दिएको थियो ।

नोबेल कोरोना भाइरसको महामारीकाबीच आकस्मिक बैठक बोलाएर घलेलाई पर्काउनु आश्चर्यको विषय भएको एन्फा स्रोत बताउँछ ।

‘यस्तो संकटको समयमा एक व्यक्तिका लागि आकस्मिक बैठक बोलाउनु हास्यास्पद कुरा हो,’ स्रोतले भन्यो, ‘आकस्मिक बैठक कस्तो परिस्थितीमा बोलाउने भन्ने सामान्य जानकारी नै नभए जस्तो भयो ।

नेपाल सरकारले केही महत्वपूर्ण निर्णय गर्यो, फिफाले तत्काल केही निर्णय गरे कस्तो बैठक बोलाउनु परे के भन्ने?’ एन्फा अध्यक्ष भने बैठकमा अन्य पनि एजेन्डा रहेको र घलेले अनुशासन समितिमा आत्माआलोचना गरेकाले पुनर्बहाली गर्नेबारे बैठकमा छलफल हुने बताएका छन् ।

एन्फा बैठकमा भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाही, कोरोनाको राहत र विविध गरि ४ वटा एजेन्डा रहेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ४७ बजे

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई

अञ्जनाको गुनासो सम्बोधन भएको ‘परिवर्तन’को ट्रेलर

काठमाडौं – फिल्म ‘पुजार सार्की’बाट फुल फ्लेज नायिका बनेकी अञ्जना

पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ : नेता कार्की

काठमाडौं– नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकढिक्का राख्न लचकताका

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी