राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन्छ – भौतिक पूर्वाधार मन्त्री नेम्वाङ | Khabarhub Khabarhub

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन्छ – भौतिक पूर्वाधार मन्त्री नेम्वाङ


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना प्रभावका कारण मन्त्रालयको बजेट कटौती भए पनि थप रकम माग गरेर पनि राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्वाङले ठूला राष्ट्रिय गौरवका आयोजना विसं २०७९/८० सम्ममा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, फास्ट ट्र्याक लगायतका सडक आयोजनालाई सरकारले महत्व दिएर बजेट विनियोजन गरेको उनको भनाइ छ ।

सडकको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कस्ता आयोजना आवश्यक छ भनी पहिचान गरिएको उहाँको भनाइ थियो । उनले भने, ‘सडकका नयाँनयाँ क्षेत्रका पहिचान गरेर बजेट विनियोजन गरिएको छ ।’

त्यस्तै, मन्त्रालयले त्रिदेशीय महत्व राख्ने ‘रोड कनेक्टिभिटी’ लाई पनि अघि बढाउने लक्ष्य लिएको मन्त्री नेम्वाङले बताए ।

विगतमा निर्माण शुरु भएका ठूला सडकलाई आवश्यक रकम विनियोजन गरेर अघि बढाइएको र भौतिक पूर्वाधारको नयाँ क्षेत्र पहिचान गर्दै सुरुङमार्गको निर्माण थालिएको उनले बताए ।

उनका अनुसार मन्त्रालयले अहिले नागढुङ्गा, सिद्धबाबालगायत नौ सुरुङ मार्गको निर्माण, सम्भाव्यता अध्ययन पहिचान, डिपिआरका लागि बजेट विनियोजन गरेको छ ।

सरकारले पूर्व–पश्चिम राजमार्ग कांकडभिट्टादेखि गड्डाचौकी कम्तीमा चार लेन स्तरोन्नति निर्माण शुरु गरिसकेको उनले जानकारी दिए ।

यसका लागि लगानी सुनिश्चित गरेर निर्माण थालिएको बताइएको छ । यातायातको नयाँ क्षेत्रका रुपमा रेल आयोजना सञ्चालन शुरु गरिएको पनि मन्त्री नेम्वाङले बताए ।

विद्युतीय रेलमार्ग यो मुलुकमा अपरिहार्य छ भनेर कांकडभिट्टा–गड्डाचौकी निर्माण शुरु गरिएको उनले बताए । छिमेकी मुलुक चीन र भारतसँगको समन्वयमा काठमाडौँ–रक्सौल र केरुङ–काठमाडौँ रेलमार्ग अघि बढेको उनले बताए ।

जयनगर–जनकपुर निर्माण अघि बढाएकोसमेत उनले जानकारी दिए । आगामी आवमा झण्डा फहराएर जयनगर जनकपुर रेल सञ्चालन गर्न कार्यक्रम साथ अघि बढेको मन्त्री नेम्वाङले बताए ।

गत आवमा कांकडभिट्टादेखि बुटवालसम्म पहिलो खण्ड विद्यतुतीय रेलमार्ग निर्माण अघि बढाइएको र यो आर्थिक वर्ष पनि कांकडभिट्टादेखि इनरुवासम्म रेलमार्ग निर्माणको काम थालनी गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ३ : ०५ बजे

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न

जहाँ जाऊ लागिरहन्छ माया देशको…

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म