सुशान्त आत्महत्या प्रकरण : सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर « Khabarhub

सुशान्त आत्महत्या प्रकरण : सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर


३ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ।

बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ।

ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ।

टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ।

वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन्। यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन्।

अभिनेता सुशान्तसिंहले गत आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ९ : ४७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ