अष्ट्रेलियामा सरकारी क्षेत्रलाई निशाना बनाइ साइबर हमला « Khabarhub

अष्ट्रेलियामा सरकारी क्षेत्रलाई निशाना बनाइ साइबर हमला


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अष्ट्रेलियामा सरकारी र निजी क्षेत्रलाई समेत निशाना बनाइ साइबर हमला भएको छ ।

बीबीसीले जनाएअनुसार यो हमला कुनै संगठित गिरोह वा कुनै देशको हात रहेको अनुमान गरिएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाको निजी र सार्वजनिक क्षेत्रका संस्थाहरुलाई लक्षित गरी जटिल खालको साइबर आक्रमण भएको बताएका छन ।

प्रधानमन्त्री मरिसनले भने, ‘निजी तथा सार्वजनिक संस्थाहरुमा गरिएको यो हमला निकै जटिल खालको छ । हामी यसप्रति सतर्क भएका छौं ।’

उनका अनुसार यो नयाँ खाले जोखिम नभएपनि जटिल खालको छ । उनले साइबर हमलाबाट प्रभावित सबै संस्थाहरुलाई उचित कदम उठाउनका लागि आग्रह गरेका छन । उनका अनुसार अहिलेसम्म भएको अनुशन्धानबाट कुनै डाटा चोरी भएको खुलेको छैन ।

यो साइबर हमलाको अनुशन्धानमा अष्ट्रेलियाका सुरक्षा एजेन्सीहरु सहयोगी र साझेदार संस्थाहरुसंग मिलेर काम गरिरहेको छ । प्रधानमन्त्री मोरिसनले भने, ‘मैले ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनसंग गएराती नै यसबारेमा छलफल गरें ।

यस बारेमा आवश्यक सबैसंग निरन्तर सम्पर्कमा छु ।’ उनका अनुसार यो हमला कसले गर्यो भन्ने बारे केही भन्न सकिने अवस्था छैन ।

स्रोत- बीबीसी

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १० : ४६ बजे

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति