नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ‘भिडिओ कन्फरेन्स’ जारी « Khabarhub

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ‘भिडिओ कन्फरेन्स’ जारी


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्यु्निस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीचको भिडियो कन्फरेन्स सुरू भएको छ ।

भिडियो कन्फरेन्समा सहभागी नेकपाका नेतचाहरू नेकपाको पार्टी कार्यालय धुम्बराहीबाट भिडिओ कन्फरेन्समा सहभागिता जनाएका छन् ।

भिडिओ कन्फरेन्समा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका नेताहरू सहभागी छन्।

त्यस्तै सीपीसीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओ र उपप्रमुख ग्वाओलगायतका नेता सहभागी रहेको नेकपाले जनाएको छ।

बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिस्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचारविरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने बताइएको छ।

अनुभव आदानप्रदान गर्नका लागि नेकपाको स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले संयुक्तरूपमा भिडिओ कन्फरेन्स शुरू गरेका हुन्।

नेताहरूले समूह बनाएर कन्फरेन्समा भाग लिइरहेको नेकपाले जनाएको छ। दुवै देशका नेताहरूबीच विविध विषयमा सूचना आदानप्रदान गर्नेदेखि लिएर पार्टी निर्माण कसरी बलियो बनाउन सकिने भन्ने विषयमा छलफल हुने कार्यक्रम छ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ३ : १२ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको