भेनेजुएला प्रकरणले अमेरिकासँगको सम्बन्धमा समस्या पर्दैन– डा. भट्टराई « Khabarhub

भेनेजुएला प्रकरणले अमेरिकासँगको सम्बन्धमा समस्या पर्दैन– डा. भट्टराई


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको बताएका छन् ।

संवाद चौतारीमा आज(आज) आयोजित साक्षात्कारमा भट्टराईले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा सरकार अडिग रहेको बताउँदै विगतका दिनदेखि नै प्रष्ट रहेको नेपालको परराष्ट्र नीतिबाट नेपाल र अमेरिकाबीचको सौहार्द सम्बन्धमा कुनै आँच नआउने दाबी गरे ।

उनले सार्वभौमसत्ता सम्पन्नमुलुक भेनेजुयलाकोे समस्या त्यहाँका जनताबाट नै समाधान हुनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताए ।
नेपाल र अमेरिकाबीचको दौत्य सम्बन्ध स्थापनापछि नेपालको विकासका लागि अमेरिकाले आर्थिक, शैक्षिक, ऊर्जा धेरै क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै यसले दुई मुलुकबीच कुनै समस्या नआउने बताए ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ३ : ४९ बजे

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर १६ गते मंगलबार तदनुसार